२४ जेठ २०८३, आइतबार

काठमाडौं उपत्यकामा २८ हजार बढी सक्रिय संक्रमित

काठमाडौं उपत्यकामा २८ हजार बढी सक्रिय संक्रमित

राजधानी काठमाडौंका ३ जिल्लामा सक्रिय संक्रमितको संख्या २८ हजार ४४३ रहेको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार काठमाडौंमा १६ हजार ३३८, भक्तपुरमा ७ हजार १५२ र ललितपुरमा ४ हजार ९५३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल २२ हजार ९३६ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा ८ हजार ६३६ जना कोरोना संक्रमित पाइएको मन्त्रालयले जनाएको छ ।

यससँगै कूल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । कोरोनाले थप १६९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या मुलुकभर ६ हजार ७०० पुगेको छ । 

पछिल्लो २४  घण्टामा ६ हजार ४०४ संक्रमित निको भएका छन् । निको हुने दर ७६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्