
संखुवासभाको सिलिचोङ गाउँपलिका–५ याफुमा जंगली च्याउ खाँदा बिरामी भएका थप १ जनाको मृत्यु भएको छ ।
गाउँकी २१ वर्षीया निर्जला राईको मंगलवार बिहान मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए ।
गत शुक्रवार जंगली च्याउ खाएर सिलिचोङ–५ याफुका राईसहित परिवारका ९ जना बिरामी भएका थिए ।
निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो ।
च्याउ खाएर बिरामी भएकी ८ वर्षीया रोजिना राईको गत आइतवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भइसकेको छ । ८ वर्षीय सन्धन राईलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसीयु कक्षामा राखिएको जनाइएको छ ।