१० साउन २०८३, आइतबार

सीसीएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री पोखरेल

जेठ ११, २०७८
सीसीएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज नगरिएको स्पष्ट गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीसीएमसी खारेज नभई थप सशक्त बनाइएको स्पष्ट पारे ।

‘सीसीएमसी खारेज भएको होइन । कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सीसीएमसीको नै हो,’ उनले भने, ‘सीसीएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो । सीसीएमसी छँदैछ ।’

उनले केही सञ्चारमाध्यमले सीसीएमसी खारेज गरेको हल्ला फिजाएको भन्दै त्यस्तो नभएको स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभर कोभिड–१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिए ।

सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट जेठ ६ गते कोभिङ–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति समेत गठन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्