
नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलवारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आपसी विवादपछि स्थगित भएको छ ।
मंगलवार स्थगित भएको दलको बैठक बुधवार बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए ।
उनले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिए । मंगलवारको बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदलाई मात्रै खबर खरिएको थियो ।
बुधवार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए ।
नेता भीमबहादुर रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् तर केही नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् ।