
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त भएका छन् ।
कांग्रेस प्रचारप्रसार विभाग प्रमुख समेत रहेका प्रवक्ता शर्माको सोमवार गरिएको परीक्षणको मंगलवार आएको रिपोर्टमा उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।
प्रवक्ता शर्माले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफूसँगै सम्पूर्ण परिवार कोरोना संक्रमणमुक्त भएका जानकारी दिए ।
प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताए ।
‘म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै संक्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु,’ उनले भने ।
कांग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।