×

NMB BANK
NIC ASIA

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

जेठ ११, २०७८

NTC
Premier Steels

प्रदेश सरकारले आठ हजार ३०० क्विन्टल खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी सुर्खेतलाई रु दुई करोड ४७ लाख ९८ हजार ८३३ उपलब्ध गराउने भएको छ । सो रकम दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  विपद् प्रतिकार्यमा विशेष जोड दिने निर्णय गरेको सरकारका प्रवक्ता सीताकुमारी नेपालीले जानकारी दिइन् । कर्णाली प्रदेश सरकारका प्रवक्तामा आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री नेपाली नियुक्त भएकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार बैठकले खाद्यान्न खरीद गर्नका लागि कालीकोट र डोल्पाका स्थानीय तहलाई रकम हस्तान्तरण गर्न उद्योग मन्त्रालयलाई नै स्वीकृति प्रदान गर्ने तथा स्थानीय तहले सम्बन्धित जिल्लाका अदक्ष कामदारको दरअनुसार काम गरेको कार्य दिनका आधारमा उपलब्ध गराउने चामलको मापदण्ड बनाई वितरण गर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै प्रदेशभित्रै अक्सिजनको दिगो र भरपर्दो आपूर्ति सुनिश्चित गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय कालीकोटमा पर्याप्त क्षमताको रिफिलिङ प्रणालीसहितको अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले निर्देशनालय सुर्खेतलाई रु एक करोड २० लाख र कालीकोट स्वास्थ्य सेवा कार्यालयलाई रु८० लाख थप उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यसैगरी सामाजिक विकास मन्त्रालयअन्तर्गत कर्णाली प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अफिसरको करार म्याद समाप्त भएको मितिदेखि आगामी असार

Vianet communication

मसान्तसम्म म्याद थप्ने र रिक्त दरबन्दीमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
कर्णाली प्रदेश सरकारअन्तर्गतका निकायबाट आव२०७६÷०७७ को वार्षिक योजनामा समावेश भई कार्य भएका तर कोभिड–१९ का कारण भुक्तानी हुन नसकेका योजनाको प्राविधिक मूल्याङ्कन गरी चालु आव२०७७÷०७८ को स्वीकृत बजेटबाट भुक्तानी दिने निर्णय गरिएको छ । 

त्यस्तै कोभिड–१९ महामारी रोगको प्रतिकार्यमा तत्काल आइपर्ने शव तथा अक्सिजन व्यवस्थापन र समुदाय परिचालनलगायत सहयोगका कार्य सञ्चालनका लागि मुख्यमन्त्रीका संरक्षकत्वमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य प्रस्ताव गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । 

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रस्तावमा मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश जलस्रोत एकीकृत उपयोग, व्यवस्थापन तथा संरक्षण नीति, २०७८ स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता नेपालीले जानकारी दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x