काठमाडौं १९ जेठ– प्रधानमन्त्री निर्वाचनको मिति तोक्न व्यबस्थापिका संसद कार्यव्यबस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
संसद भवन नयाँ वानेश्वरमा जारी परामर्श समिति बैठकले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका बनाउने छ ।
‘राष्ट्रपतिज्यूको आव्हान र संसद अबरुद्धको अवस्थामा प्र.म चयनको प्रक्रिया कसरी बढाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ’ सभामुख ओनसरी घर्तीले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेकी छन् ।
जेठ २१ या २२ गते प्रधामनन्त्री निर्वाचनको मिति तोक्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनायो ।