
मलामी गएका बैतडीका १ किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु भएको छ ।
शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउँदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
स्थानीय ६० वर्षीय घनबहादुर साउँदको मलामी गएका महेश मंगलवार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।
बेपत्ता किशोरको शव करीब ५ घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृत अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले निकालेको थियो ।