२७ असार २०८३, शनिबार
जसपा विवाद

अनुशासनको कारवाही गर्न जसपा अध्यक्षद्वयसहित ५ नेतालाई सोधियो स्पष्टीकरण [पत्रसहित]

जेठ १२, २०७८
अनुशासनको कारवाही गर्न जसपा अध्यक्षद्वयसहित ५ नेतालाई सोधियो स्पष्टीकरण [पत्रसहित]

जनता समाजवादी पार्टी (जसपा) नेपालमा अनुशासनको कारवाही गर्न अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित ५ नेतालाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ भने अध्यक्ष यादव पक्षले ठाकुर पक्षका अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ठाकुरले अनुशासनको कारवाही सम्बन्धी विधानको प्रावधान अनुसार पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सहभागी हुनुको कारण सोधेका छन् ।

अध्यक्ष यादवले ठाकुर पक्षका ४ नेतालाई पार्टी निर्णय र नीतिविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्नुको कारण र राजेन्द्र महतोलाई दल नेता स्वीकार गर्नुको कारण सोधेका छन् ।

हेर्नुहोस् अध्यक्ष ठाकुरले अध्यक्ष यादवलाई सोधेको स्पष्टीकरण –

हेर्नुहोस् अध्यक्ष यादव पक्षले अध्यक्ष ठाकुरलाई सोधेको स्पष्टीकरण –

हेर्नुहोस् अध्यक्ष यादव पक्षले नेता राजेन्द्र महतोलाई सोधेको स्पष्टीकरण –

हेर्नुहोस् अध्यक्ष यादव पक्षले नेता लक्ष्मणलाल कर्णलाई सोधेको स्पष्टीकरण –

हेर्नुहोस् अध्यक्ष यादव पक्षले नेता सर्वेन्द्रनाथ शुक्ललाई सोधेको स्पष्टीकरण –

salt training

कमेन्ट गर्नुहोस्