२२ जेठ २०८३, शुक्रबार

दिनरात खटिँदाखटिँदै चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना संक्रमण

जेठ १२, २०७८
दिनरात खटिँदाखटिँदै चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना संक्रमण

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण देखिएको छ ।

नगर प्रमुख गिरीलाई सोमवार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा मंगलवार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । 

जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगर प्रमुख गिरी समेत संक्रमित भएका हुन् ।

उनी अहिले होम आइसोलेसनमा छन् । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म ४ हजार ५२ संक्रमित भइसकेका छन् । तीमध्ये ३ हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय संक्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

चन्द्रागिरिमा हालसम्म कोरोना संक्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

यसबाहेक सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत कोरोना संक्रमितको उपचार हुँदै आएको छ । चन्द्रागिरि काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । नगरपालिकामा १५ वडा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्