०७ असार २०८३, आइतबार

इटलीको एट्ना ज्वालामुखी विस्फोट, आयो गन्धे म्याग्मा (भिडियो)

जेठ १२, २०७८
इटलीको एट्ना ज्वालामुखी विस्फोट, आयो गन्धे म्याग्मा (भिडियो)

संसारको सबभन्दा सक्रिय ज्वालामुखीमध्ये एक माउन्ट एट्नामा विगत विस्फोट भएर लाभा निस्किरहेको छ । 
 

कातानिया शहरमा रहेको ज्वालामुखी पर्वत केही महिनायता निकै सक्रिय थियो । फेब्रुअरी महिनामा त्यसको विस्फोट भएर कैयौं दिनसम्म लाभा आएको थियो । अहिले फेरि त्यो विस्फोट भएको हो । 

फेब्रुअरी १६ मा शान्त भएको ज्वालामुखी पाँच दिनअघि पुनः विस्फोट भएको हो । विस्फोट हुँदा लाभाका डल्लाहरू निस्केर रातको आकाश झलमल बनाएका थिए । 

ज्वालामुखीबाट गन्धे म्याग्मा पनि निस्किरहेको छ ।

इटलीमा तीनवटा सक्रिय ज्वालामुखी छन् । एट्ना बाहेक स्ट्रोम्बोली र भेसुभियस ज्वालामुखी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्