०१ साउन २०८३, शुक्रबार

अमेरिकासँग जोरी खोज्दै पाकिस्तान

जेठ १२, २०७८
अमेरिकासँग जोरी खोज्दै पाकिस्तान

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले आफ्नो देशमा अमेरिकी सेनाको अड्डा बनाउन नदिने र पाकिस्तानमा कतै पनि ड्रोन आक्रमण गर्न नदिने बताएका छन् । 

भविष्यमा अफगानिस्तानका आतंकवादी संगठनहरूको जोखिमबाट बच्नका लागि अमेरिकाले जहाँ पनि मिलिटरी बेस बनाउन सक्ने भनिरहेको बेलामा कुरैशीको बयान आएको हो । 

अफगानिस्तानका सीमाहरू पाकिस्तान, इरान, उज्बेकिस्तान, तुर्कमेनिस्तान र ताजाकिस्तानसँग जोडिएका छन् । इरानमा अमेरिकाले बेस बनाउने कुरा सोच्न पनि सकिँदैन । त्यसैले अन्य स्तान देशमा अमेरिकी सैन्य अड्डा बन्ने सम्भावना छ । 

पहिलेपहले अमेरिकी सेनालाई अफगानिस्तानमा कारवाही चलाउनका लागि पाकिस्तानले आफ्नो भूमि प्रयोग गर्न दिएको थियो । 

पाकिस्तानका परराष्ट्रमन्त्रीको बयान आउनुअघि मंगलवार मन्त्रालयका प्रवक्ताले यसबारेमा ट्वीटमार्फत जानकारी दिएका थिए । मिडियामा गरिएका अडकलबाजीलाई विराम दिन उक्त ट्वीट गरिएको थियो । पाकिस्तानमा अमेरिकाको एयरबेस बनाउन नदिने मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका थिए । 

अमेरिकाले सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट आफ्नो सेना फर्काउने घोषणा गरिसकेको छ । तर अमेरिकन त्यहाँबाट जाँदा अलकायदा र आईएस जस्ता आतंकवादी संगठनहरू जुर्मुराउन सक्ने भनी अमेरिकी सिनेटरहरूले चिन्ता व्यक्त गरेका छन् । 

त्यसैले पनि अफगानिस्तानको भूमिमा आफ्ना सैनिकलाई जोखिममा नपार्ने तर त्यहाँ आफ्नो उपस्थिति कायम राख्ने उद्देश्यले अमेरिकाले पाकिस्तानमा एयरबेस बनाउने र त्यहँबाट मानवरहित ड्रोन उडाउने योजना बनाएको हो । 
तर पाकिस्तानले जोरी खोजेपछि अमेरिकाको अर्को कदम के हुन्छ, त्यो हेर्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्