३१ जेठ २०८३, आइतबार

डाइनासोरको मूर्तिले ‘निल्यो’ मान्छे

भदौ ३, २०७८
डाइनासोरको मूर्तिले ‘निल्यो’ मान्छे

स्पेनको बार्सिलोनामा एक पुरुषलाई शनिवार डाइनासोरको मूर्तिभित्र मृत अवस्थामा फेला पारिएको छ । 
 

स्टेगोसरसको मूर्तिभित्रबाट नराम्रो गन्ध आएपछि खोजतलाश गर्दा ती व्यक्ति मूर्तिको खुट्टापट्टिको भागमा अड्किएको पाइयो । 

ती व्यक्तिको नाम खुलाइएको छैन । उनको परिवारले उनी हराइरहेको भनी प्रहरीमा निवेदन दिएका थिए । 

उनले मूर्तिमा पसेको आफ्नो मोबाइल फोन झिक्न खोज्दै गर्दा आफैं अड्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

मृत शरीर निकाल्नका लागि मूर्ति फुटाउनुपरेको थियो । 
 

क्युबिक बिल्डिङबाहिर राखिएको उक्त मूर्तिलाई अहिले त्यहाँबाट हटाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्