३१ जेठ २०८३, आइतबार

डिभोर्सपछि मलाइकाले पति अरबाजसँग मागिन् २४ करोड !

कात्तिक २०, २०७४
डिभोर्सपछि  मलाइकाले पति अरबाजसँग मागिन् २४ करोड !
काठमाडौं, १३ पुस– बलिउड अभिनेत्री तथा आइटम गर्ल मलाइका अरोडा र फिल्म निर्देशक तथा सलमान खानका दाजु अरबाज खानबीचको डिभोर्सको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  

अरबाज र मलाइका दुबैले डिभोर्सको लागि बान्द्रास्थित अदालतमा पत्र दर्ता गरेका छन् । केही दिन अघि सुनुवाइको तारिख बुझ्न दुबै अदालत आइपुगेका थिए ।

मलाइका अरोडाले पति अरबाज खानसँग डिभोर्स गर्नको लागि २४ करोड रुपैयाँ मागेको खबर छ ।

मलाइकाले डिभोर्सपछि पति अरबाजको सम्पतिको हिस्साबाट २४ करोड रुपैयाँ आफ्नो खातामा जम्मा हुनुपर्ने शर्त राखेकी थिइन्।

पत्नी मलाइकाको उक्त शर्तका विषयमा पति अरबाजको अहिलेसम्म कुनै प्रतिक्रिया आइसकेको छैन ।
दुबैजनामा फेरि मिल्ने सम्भावना करिब शून्य छ ।

डिभोर्स पछि आफ्ना १४ बर्षीय छोरा अरहान कोसँग बस्ने भन्ने बारेमा अहिलेसम्म टुंगो लागिसकेको छैन् ।

केही महिना अघिमात्रै छोरा अरहानको जन्मदिनको अवसरमा आयोजित भोजमा दुबै सँगै देखिएका थिए ।

विवाहको १८ बर्षपछि अरबाज र मलाइकाले डिभोर्सको निर्णय गरेका हुन् । उनीहरुको विवाह सन १९९८ मा भएको थियो । एबिपी न्यूज

salt training

कमेन्ट गर्नुहोस्