१२ असार २०८३, शुक्रबार

छोरीमैयाँ श्रेष्ठ मेमोरियल एकेडेमीलाई दुई लाख रुपैयाँ सहयोग

कात्तिक २०, २०७४
छोरीमैयाँ श्रेष्ठ  मेमोरियल एकेडेमीलाई दुई लाख रुपैयाँ सहयोग
काठमाडाैं, १९ जेठ  - तनहुँको जनज्योति उच्च मावि भीमादका पूर्व विद्यार्थीले काठमाडाैंको छोरीमैयाँ श्रेष्ठ  मेमोरियल एकेडेमीलाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् । २०४५ सालको एसएलसी ब्याचका विद्यार्थीले विपन्न विद्यार्थी र असहायका लागि काम गर्दै आएको छोरीमैयाँ एकेडेमीलाई सहयोग गरेका हुन ।

सहयोग गरिएको रकमबाट तनहुँकै कुनै एक विद्यालयमा कम्प्यूटर लाईब्रेरी स्थापनाका लागि कम्प्यूटर दिइने एकेडेमीका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन् । संस्थाले यसअघि तनहुँका चार वटा विद्यालयमा २५ कम्प्यूटर सहयोग गरेर कम्प्यूटर लाईब्रेरी स्थापना गरेको छ ।

धादिंगका दुई विद्यालयमा छात्रवृत्रि पनि वितरण गरेको श्रेष्ठले बताउनुभयो । त्यस्तै भूकम्पमा पनि संस्थाले पाँच जिल्लामा विपन्नहरुलाई सहयोग वितरण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्