
चर्चित भारतीय अभिनेताको मृत्यु भएको समाचार एकाएक सार्वजनिक भयो । त्यो पनि भारतमा नभई यूरोपमा ।
यूरोपको एक टेलिभिजन च्यानल ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको समाचार सार्वजनिक भएको छ । तर, यो समाचार झुटो सावित भएको छ ।
यूरोपियन न्यूज नेटवर्क च्यानल एल पेसले ‘ब्रेकिङ न्यूज’ मा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको समाचार प्रसारण गरेको थियो । शाहरुखको विमान दुर्घटनामा मृत्यु भएको समाचार प्रसारण भएको थियो भने दुर्घटनामा उनीसहित सात जनाको पेरिस जाने क्रममा मृत्यु भएको बताइएको थियो ।
समाचारमा शाहरुख पेरिस जाने क्रममा दुर्घटना परेको समाचार सार्वजनिक गरेपनि उनी भने मुम्बइमा एक फिल्मको सुटिङमा व्यस्त भएको समाचारहरु सार्वजनिक भएको छ । तर, शाहरुख मंगलबार फिल्मको शुटिङको क्रममा शेटमा भएको दुर्घनामा घाइते भएका थिए ।