
काठमाडौं, १९ जेठ-काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहितबनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा मेयर तथा उमपेयरले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताए । मेयर शाक्यले भने ,‘म नसक्ने कुरा बोल्दिन्, सक्ने कुरा बोल्छु र बोलेका कुराहरु पूरा गराएरै छोड्छु ।’ शाक्यले काठमाडौं स्वर्ग रहेको बताउँदै यसलाई स्वर्ग बनाउनेतिर सबैको साथ र सहयोग रहे आफू काठमाडौंलाई समृद्ध बनाउनलागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनै पनिहालतमा पूरा गरेरै छाड्ने समेत बताए । उनले भने,‘मतदाताहरुले दिएको जिम्मेवारी पूरा गर्छु, हामीले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका छौं, समय अत्यन्तै थोरै छ, छोटो समयमापनिहामीले जनताको खासगरी महानगरवासीहरुको मन जित्नुपर्नेछ, बोलिसकेपछि ती सबै काम पूरा गर्नुपर्छ, म यो विषयमाअत्यन्तै संवेदनशील छु।’
उनले आफ्नो पहिलो प्राथमिकता नै धुलो र धुवाँरहित काठमाडौं भएकोले सोहीअनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भैसकेको समेत जानकारी दिए । शाक्यले भने,‘क्लिन द सिटी अभियान सुरु भैसकेको छ, हामीअब ३२ वटै वडामा यो अभियानलाई सुरु गर्छौं।’
उनले क्लिन द सिटी अभियानमाथुप्रै संघसंस्थाहरुले साथदिने बताईसकेको समेत जानकारी दिए । शाक्यले भने,‘अहिले केही समय हामीआँफै काम गर्छौं।’
शाक्यले आफूहरुको लागिअभिनन्दनपनिबोझभएको बताए । उनले भने,‘सम्मानतथाअभिनन्दपनिहाम्रो लागि ठूलो बोझहो, जिम्मेवारी थपिएको छ।’
त्यस्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि महानगरलाई धुलो तथा धुवाँरहित बनाउने अठोट व्यक्त गरेकी छिन् । उनले मतदाताहरुले दिएको विश्वासलाई कुनै पनि हालतमा धोकानदिने विश्वास व्यक्त गरिन् ।

उनले जनताका जायज माँगहरु पूरा गराउनको लागि आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरिन् । उनले भने,‘महिला सशक्तिकरणको लागि उहाँहरुलाई क्रियाशील बनाउनको लागिकाम गर्नेछु।’ उनले युवाहरुलाई स्वदेशमै राख्नको लागिआफूले प्रयास गर्ने समेत विश्वास दिलाईन् ।
उनले आफूहरुको यति वेला मुख्यतीन वटा एजेण्डाहरु रहेको समेत स्पष्ट पारिन् । उनका अनुसार धुलो र धुवाँरहित राजधानीबनाउने, महिला सशक्तीकरण र युवाहरुरुलाई स्वरोजगार सिर्जनागर्ने रहेका छन्।
उनले आफूलाई पार्टीको पूर्ण साथ र सहयोग समेत रहेकोले कामगर्न सजिलो हुने बताईन् । श्रेष्ठले मेयरसँग मिलेर कामगर्ने समेत विश्वास व्यक्त गरे ।