०५ असार २०८३, शुक्रबार

उच्च अदालत पाटन द्वारा ललितपुरका मेयरलाई कारण देखाउ आदेश

कात्तिक २०, २०७४
उच्च अदालत पाटन द्वारा ललितपुरका मेयरलाई कारण देखाउ आदेश

काठमाडौं, १९ जेठ - पाटन उच्च अदालतले ललितपुरका मेयर चिरिबाबु महर्जनको नाममा कारण देखाउ आदेश जारी गरेको छ । जित्नुको कारण देखाउन भन्दै कारण देखाउ आदेश जारी गरेको हो ।

ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले दायर गरेको मुद्दामा कारण देखाउ आदेश आएको हो ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवालको एकल इजलासले महर्जनका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

महानगरको मेयर पदमा मतगणना गर्दा आफूलाई बदनियत पूर्वक हराईएको र पटकपटक आफूले मतगणनाकै क्रममा दिएको निवेदनको समेत सुनुवाई नभएको भन्दै उनले उच्च अदालत पाटनमा फिराद पत्र दायर गरेका थिए ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्