काठमाडौं, १९ जेठ– फोटोपत्रकार दीपेश श्रेष्ठको एकल फोटो प्रदर्शनी शुक्रवारबाट शुरू भएको छ ।

नेपाल पर्यटन बोर्डमा शुरू भएको फोटो प्रदर्शनीमा फोटोपत्रकार श्रेष्ठका ३५ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । पर्यटन बोर्डले फोटोजर्नालिस्ट क्लबसँग सहकार्य गर्दै अंग्रेजी महिनाको पहिलो शुक्रवार फोटोप्रदर्शनी आयोजना गर्दै आएको छ ।

कलर्स अफ नेपाल नामक उक्त प्रदर्शनीमा श्रेष्ठले खिचेका काठमाडौं उपत्यकाका सांस्कृतिक चाडपर्व, जीवनशैली र नेपालका प्राकृतिक सौन्दर्य झल्काउने फोटोहरु राखिएका छन् । फोटोप्रदर्शनी आइतवारसम्म चल्नेछ ।
प्रदर्शनीमा राखिएका फोटोपत्रकार श्रेष्ठका केही तस्वीरहरुः

