भक्तपुर, १९ जेठ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा र सामान बाँडेर जितेको मतले चेतनाको स्तर नबढ्ने बताएका छन् ।

नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा आज आयोजित जिल्लास्तरीय बृहत् महिला भेलामा सांसद बिजुक्छेले भने , “ पैसा बाँडेर चुनाव जित्नेले पछि पछुताउनु पर्नेछ । त्यो एक प्रकारको अपराध हो ।”
भेलामा महिला सङ्घका अध्यक्ष अनुराधा थापा मगर, नेमकिपा भक्तपुरका कावा अध्यक्ष सुरेन्द्रराज गोसाईं, भक्तपुर नगरका उपप्रमुख रजनी जोशी, नेत्रीहरु कमलमैयाँ सुवाल, मनशोभा त्वाती, गीता काफ्ले, कमला गिरी, नजरमाया बाटी र सुलोचना छ्वाजूले महिला सशक्तीकरणका बारेमा धारणा राखेका थिए ।