११ असार २०८३, बिहीबार

शर्मा आइतबारसम्म अख्तियारको हिरासतमै रहने

कात्तिक २०, २०७४
शर्मा आइतबारसम्म अख्तियारको हिरासतमै रहने
काठमाडौं, २० जेठ— शुक्रबार कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानद्वारा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा कम्तीमा पनि आइतबारसम्म हिरासतमा रहने भएका छन् ।chudamani sharma
उनलाई पक्राउ परेको २४ घण्टाभित्र विशेष अदालतमा पेश गर्नुपर्ने भएपनि आज  शनिबार सार्वजनिक बिदा हुने भएकाले आइतबार कार्यालय समयमा मात्रै पेश गरिने अख्तियार स्रोतले  लोकान्तरलाई बतायो ।
स्रोतका अनुसार शर्मामाथि अनुसन्धाननै चलिरहेकाले शुक्रबार  अदालतमा पेश गर्न नभ्याइएको र आज शनिबार परेकाले आइतबारमात्रै अदालतमा पेश गर्ने गरि अहिले अख्तियारकै हिरासतमा राखिएको छ  ।

अदालतको स्वीकृतिमा अख्तियारले उनलाई थप थुनामा राख्न वा धरौटीमा रिहा गर्न सक्नेछ । पक्राउ परेपछि छानबिनमा परेको व्यक्तिले अनुसन्धानमा पुर्याउने सहयोगका आधारमा अनुसन्धान अधिकृतले थुनाबारे निर्णय गर्ने अख्तियारका एक उच्च अधिकारीले बताए ।

शर्मालाई अख्तियारले अस्वभाविक रुपमा कर मिनाहा गरेर राज्यलाई अर्बौं रुपैयाँ घाटा पारेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

राज्यलाई अर्बौं घाटा पारेको सम्बन्धमा बयानका लागि अख्तियारमा उपस्थिती गराइएको र सोहि क्रममा पक्राउ गरिएको अख्तियार स्रोतको भनाई छ ।

लुम्धध्वज महतको अध्यक्षतमा बनेको कर फर्स्यौट आयोगले शर्माकै मिलेमोतोमा अस्वभाविक रुपमा अर्बौं रुपैया कर मिनाहा गरेको र राज्यलाई घाटा पारेको प्रतिवेदन तयार गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा शर्मालाई बयानकालागि अख्तियार लगिएको थियो । अख्तियारबाट पक्राउ सँगै विवादास्पद पृष्ठभूमीका शर्मा निलम्बित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्