३१ जेठ २०८३, आइतबार

चुवावको मुखमा राजपालाई झड्का, पार्टी त्याग्दै अन्य दलमा

कात्तिक २०, २०७४
चुवावको मुखमा राजपालाई झड्का, पार्टी त्याग्दै अन्य दलमा
काठमाडौँ, २० जेठ - आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावमा सहभागी हुने निर्णय गर्न ढिलाइ गरेसँगै पार्टी सम्बद्ध कार्यकर्ता निराश भएका छन् । कार्यकर्ताले पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गर्न ढिलाइ गर्दा आफूहरूलाई निराश बनाउनुका साथै सङ्गठनलाई पनि घाटा लागिरहेको गुनासो गरेका छन् ।Rajapa ,,
दोस्रो चरणको चुनाव हुने निश्चित भएपछि तराई मधेशमा समेत चुनावको माहोल बनेको छ । जताततै उम्मेदवारको छनोट गर्ने कार्यका साथै चुनावी सभाहरूसमेत आयोजना भइरहेका छन् । तर, राजपा नेपाल चुनावमा जाने वा नजाने निश्चित नभएपछि सो दलका जिल्लाका नेता तथा कार्यकर्ताहरू निराश भएर अन्य पार्टीमा प्रवेश गर्न थालेको खबर आजको गोरखापत्रमा खबर छ ।
गाउँपालिका तथा नगरपालिकामा उम्मेदवार बन्ने आकाङ्क्षीहरू राजपा नेपाल छाडेर काँग्रेस, माओवादी केन्द्र, नेकपा
(एमाले) तथा सङ्घीय समाजवादी फोरम नेपाल लगायतका दलमा प्रवेश गरिरहेका समाचार आइरहेका छन् । जेठ १३ गते राजपा नेपालका महासचिव समिम मियाँ अन्सारी दलबलसहित एमालेमा प्रवेश गरे । राजपा नेपाल सुनसरीका अध्यक्ष उमेश साह पनि आफ्नो दलबलसहित जेठ १७ गते नै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपालले पनि राजपा नेपालका दुईजना केन्द्रीय सदस्यलाई जेठ १७ गते सप्तरीमा एक कार्यक्रम आयोजना गरी आफ्नो पार्टीमा प्रवेश गराएको छ । राजपा नेपालका भीमराज यादव र भरत साह फोरम नेपालमा प्रवेश गरे ।


पर्साका पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले मधेशको माग पूरा नभएका कारण जनतामा निराशा र आक्रोश दुवै छ तर राजपा नेपालको अनिर्णयले जनता अन्योलमा देखिएको बते । उनले आन्दोलनको शक्तिलाई मतमा परिणत गर्नुपर्ने सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्