×

NMB BANK
NIC ASIA

बजेटको प्रभाव

बजेटपछि लयमा फर्किँदै विद्युतीय सवारी व्यापार : एउटै कारको मूल्य २० लाखसम्म घट्ने !

जेठ १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले विद्युतीय सवारी साधनको आयातमा लाग्दै आएको अन्तःशुल्क पूरै खारेज गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै (जेठ १५ गते) यस्ता सवारी साधनमा अन्तःशुल्क पूरै खारेज गर्ने घोषणा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री पौडेलले भनेका छन्, ‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरण मैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको अयातमा अन्तःशुल्क पूरै खारेज गरी भन्सार महशुलमा समेत उल्लेख्य मात्रामा घटाएको छु ।’ 


Advertisment
Nabil box
Kumari

यो बजेट नयाँ आर्थिक वर्ष शुरू भएसँगै कार्यान्वयनमा आउने छ । जसअनुसार आगामी साउनदेखि विद्युतीय सवारीसाधनहरू नेपाल भित्र्याउँदा सस्तो पर्नेछ ।

Vianet communication
Laxmi Bank

सरकारले विद्युतको आन्तरिक खपत बढाउनका लागि तथा वातावरण मैत्री यातायातको साधनको प्रयोग बढाउन विद्युतीय गाडीमा भन्सार शुल्क घटाएको हो । यसअघि चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधनमा कर बढाएको भन्दै सर्वत्र आलोचना भएको थियो । 

सरकारले इलेक्ट्रिक सवारीसाधनमा १० प्रतिशत भन्सार शुल्क लगाउँदै आएको छ । यस्तै यस्ता सवारी साधनहरूमा सडक दस्तुर ५ प्रतिशत यथावत नै राखेको छ, भने भ्याट १३ प्रतिशत रहेको छ । 

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधनलाई विलाशी साधनका रूपमा व्याख्या गर्दै भन्सार महशुल वृद्धि गरेका थिए । 

यसले गर्दा चालू आर्थिक वर्षमा एउटा पनि विद्युतीय गाडी नेपाल नभित्रिएको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, ‘विद्युतीय गाडीमा भन्सार शुल्क बढाइएपछि आउन लागेका गाडीहरू पनि भन्सारमै अड्किए, वर्ष दिनभरी विद्युतीय गाडी नै आएनन् ।’

अघिल्ला वर्षहरूमा औसतमा वर्ष दिनमा आउने सवारी साधनको १० प्रतिशतसम्म विद्युतीय गाडी आउने गरेको दुलाल सुनाउँछन् ।

उनले भने, ‘यो प्रतिशत अत्यन्तै उच्च हो, तर एक वर्ष रोकिन पुगेको थियो ।’

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री पौडेलले विद्युतीय गाडीलाई प्राथमिकताका साथ राखेपछि अहिले गाडी व्यवसायीहरू खुशी छन् । 

व्यवसायीहरूले गाडी आयातका लागि तयारी शुरू गरिसकेका छन् । दुलाल भन्छन्, ‘हाम्रा साथीहरूले त गाडी आयातका लागि तयारी शुरू गरिसकेका छन् ।’

सरकारको यस्तो निर्णयसँगै विद्युतीय गाडीहरूको मूल्यमा २० लाखदेखि ३० लाख रुपैयाँसम्म गिरावट आउने अध्यक्ष दुलाल बताउँछन् । 

उनले भने, ‘अब नेपालमा विद्युतीय गाडीको व्यापार फस्टाउँछ भन्ने सोचेको छु । एउटै गाडीको मूल्यमा २० लाखदेखि ३० लाखसम्मको गिरावट आउँछ ।’

पूरानै मूल्यमा नयाँ गाडी 

बजेट सार्वजनिक भएसँगै पुरानै मूल्यमा विद्युतीय गाडी दिने काम हुण्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शुरू गरिसकेको छ । 

आफ्ना दुई नयाँ विद्युतीय कारको मूल्य परिमार्जन गर्दै कम्पनीले नयाँ मूल्य निर्धारण गरेको छ । 

हुण्डाईले आफ्नो चर्चित क्रसओधर एसयूभी कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यसअघि यसको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ रहेको थियो । 

यस्तै कम्पनीले आयोनिक सेडानको ५७ लाख ९६ हजार रुपैयाँ मूल्य कायम गरेको छ । यसअघि यसको मूल्य ७७ लाख ९६ हजार रहेको थियो । 

सरकारको निर्णयले उत्साहित गाडी व्यवसायीहरूले विद्युतीय गाडीको मूल्यलाई पुरानै मूल्यमा फर्काउँदैछन् ।

व्यवसायीहरूले चालू आर्थिक वर्षमा बढाएको मूल्यलाई फेरि पुरानै मूल्यमा फर्काउन लागेका हुन् । 

अध्यक्ष दुलाल भन्छन्, ‘अब विद्युतीय सवारी साधनको मूल्य पुरानै अवस्थामा फर्कन्छ । यसको मतलब कतिपय गाडी त अहिलेको भन्दा २०/३० लाख सस्तोमा किन्न पाइन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x