३१ जेठ २०८३, आइतबार

थप ६ हजार ८५ जनामा कोरोना पुष्टि, ६८ संक्रमितको मृत्यु

थप ६ हजार ८५ जनामा कोरोना पुष्टि, ६८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा गप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कूल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये ४ लाख ५४ हजार ३४४ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ । 

कोरोनाले थप ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कूल मृतकको संख्या ७ हजार ४५४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्