
कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण गरी निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको छ ।
नेपाली कांग्रेसको समन्वयमा सबै अस्पताल, स्थानीय स्वास्थ्य संस्था तथा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितले प्रयोग गरिरहेका उपकरणमा प्राविधिक समस्याको निःशुल्क समाधान गर्ने उद्देश्यले सो अभियान शुरूआत गरिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी त्यस्ता उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकूल प्रत्यक्ष अथवा जुम, वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि माध्यमबाट प्रशिक्षित गरिने जानकारी दिए ।
कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको नेतृत्व तथा पार्टीको शुभेच्छुक संस्था सिडेनको सहभागितामा देशैभर बायो मेडिकल इञ्जिनियरहरूको ‘अभियान संयोजन समूह’ले अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उनले बताए ।
अभियानमार्फत लाभान्वित हुन चाहने अस्पताल, स्थानीय स्वास्थ्य संस्था, संक्रमित व्यक्ति, संक्रमितका परिवार या स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक या सदस्यलाई सम्पर्क राख्न सक्नेछन् । सम्भव भएसम्मका ठाउँमा बायो मेडिकल इञ्जिनियरहरूले भौतिक रुपमै पुगेर सेवा दिनेछन् भने स्थिति अनुरुप प्रविधिको अन्य विविध माध्यमबाट लाभान्वित हुन सकिने प्रवक्ता शर्माले जानकारी दिए ।
विभाग सदस्य एवं प्रविधि उपसमितिका संयोजक ई. दिपेश विष्ट (९८५१०७६०३०), सिडेनका अध्यक्ष ई. उमेशप्रसाद थानी (९८५१०८९४४८) र विभाग सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा (९८५१११७५३८) रहेका ‘मूल समन्वय समिति’ गठन गरिएको छ । बायोमेडिकल इञ्जिनियरको देशव्यापी रूपमा संयोजन ई हरिराम दवाडीले गर्ने पार्टी कार्यालयले जनाएको छ ।
अभियानको ‘केन्द्रीय रेस्पोन्स टीम’मा संयोजक दवाडी (९८५१०६५२०८) र सदस्यहरू ई. अमितकुमार चौधरी, ई. मुकुन्द खतिवडा, ई. सुशील तिमिल्सिना, ई. पंकजकुमार झा, ई. ताचल निरौला, ई. आस्था न्यौपाने, ई. मणिराज पनेरु, ई. नितु श्रेष्ठ, ई. सुरज शर्मा, ई. प्रज्वल वाग्ले, ई. उत्तम श्रेष्ठ, ई. मिहिर खकुरेल, ई. दिपेश चौधरी र ई. सुबोध अधिकारी रहेका छन् ।
अभियानलाई प्रदेश स्तरीय रूपमा संयोजन गर्न प्रदेश नम्बर १ मा ई. हरिकुमार देव (९८५२०४९१४१) र ई. प्रदिपराज साह (९८४९१३९२७९), प्रदेश नम्बर २ मा मनोजकुमार दास संयोजक (९८५५०२४८२८), ई सन्तोषकुमार साह (९८४९९३७९७७) र ई. जुनाद इकबाल (९८१४२७४७०४) तथा बागमती प्रदेशमा ई. शिवलाल चालिसे (९८५५०६४८७८) र ई. रवि रमण अधिकारी (९८५५०५२४८६) को टीम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा ई. सुरेन्द्र पाण्डे (९८५६०३५९०४) र ई. रबिन्द्र बास्ताकोटी (९८५६०३८४३०), लुम्बिनी प्रदेशमा ई. अनुप चौधरी (९८५१२३३८५५) र ई. शरद भन्डारी (९८५११५९५३९), कर्णाली प्रदेशमा ई. हरि केसी (९८५८०२३३५३) र ई. सन्देश क्षेत्री (९८४३६०११२७) तथा सुदुरपश्चिम प्रदेशमा ई. अरुणकुमार जोशी (९८५८४७७७५०) र ई. जय साउँद (९८६८८२२९६८) रहेको टीम गठन गरिएको छ ।
अभियानको संस्थागत घोषणा सार्वजनिक गर्नु केही समय अघिदेखि नै अभियानले आन्तरिक रूपमा प्राप्त सूचनाहरूका आधारमा सेवा दिन प्रारम्भ गरिसकेको छ । सार्वजनिक घोषणाले विस्तारित क्षेत्रमा लाभ पुर्याउने लक्ष्यलाई सघाउने अभियानको विश्वास छ ।
अभियान आवश्यकता र परिस्थिति अनुरूप महामारीसँग जुध्नुपर्ने जरुरी समयसम्म चल्ने बताइएको छ ।