११ असार २०८३, बिहीबार

दूध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

जेठ १८, २०७८
दूध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले अबको २ वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएका छन् ।

विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलवार आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई २ वर्षभित्र पूरा गर्ने बताइन् ।

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको समेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

डीडीसीले दैनिक १ लाख लिटर दूध संकलन गर्नुपर्ने अवस्था भए पनि अहिलेका अवस्थामा ९० हजार लिटर दैनिक संकलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्