स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृृष्णप्रसाद पौडेलले मंगलवार सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आम सञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गरे ।
यस्ता गतिविधिले धेरैलाई द्विविधा र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ । ‘कोभिड–१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका विषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय बाहेकले आधिकारिक जानकारी वा पुस्ट्याइँ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रूपमा सबैलाई अनुरोध गर्ने’ सूचनामा उल्लेख छ ।
मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुरोध समेत गरेको छ ।