२६ जेठ २०८३, मंगलबार

बेल्जियमले  स्वास्थ्य सामाग्री नेपाल पठाउँदै

बेल्जियमले  स्वास्थ्य सामाग्री नेपाल पठाउँदै

कोरोना भाइरस विरूद्धको लडाइँमा नेपाललाई अन्तराष्ट्रिय  सहयोग जुट्ने क्रम जारी छ। 


यसै क्रममा “बी-फास्ट” कार्यक्रम अन्तर्गत युरोपेली मुलुक बेल्जियमले नेपाललाई आपतकालीन सहायता पठाउने तयारी गरेको छ। जस अन्तर्गत  १,००,००० थान सर्जिकल मास्क २,००० थान अक्सिजन क्याथेटर लगायत  छन्। 


युरोपियन नागरिक सुरक्षा संयन्त्र मार्फत अनुरोध पेश गरेपछि  बेल्जियमले यो  सहायता नेपाल पठाउने निर्णय गरेको हो। 
एफपीएस विदेश मामिला, विदेश व्यापार र विकास सहयोगले बि फास्टको समन्वय गर्ने गर्दछ। बेल्जियमले नेपालको संकटमा आफूहरूसँगै रहेको बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्