०१ असार २०८३, सोमबार

म्याग्दीको अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

जेठ १९, २०७८
म्याग्दीको अन्नपूर्णकी महिला तनहुँमा मृत फेला
प्रतिकात्मक तस्वीर

म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल तनहुँको शुक्लागण्डकी–२ चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।

तनहुँको शुक्लागण्डकी–२ हलेदीस्थित सेती नदीको किनारमा मंगलवार ती महिला मृत फेला परेकी हुन् । 

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । स्थानीयले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्