कोरोनाभाइरसविरुद्धको दुई फरक फरक खोप लिन हुन्छ ? खोप मिसाउँदा सुरक्षा बढ्छ कि घट्छ ?
यसको विषयमा विभिन्न देशमा ट्रायल शुरू भएको छ ।
वैज्ञानिक आधारमा खोप मिश्रणको पक्षमा परिणाम नआउन्जेल प्रोटोकल परिवर्तन नगर्ने भारत सरकारको अडान छ । त्यसो त भारतमा पनि त्यसको परीक्षण जारी छ ।
जोनसन यान्ड जोनसनबाहेक अन्य सबै स्वीकृतिप्राप्त खोपको दुई डोज लिनुपर्ने हुन्छ । पहिलो डोजले शरीरको इम्युन सिस्टमलाई भाइरस चिन्न मद्दत गर्छ । दोस्रो डोजले त्यस पहिचानलाई बलियो बनाउँछ र सुरक्षा बढाउँछ ।
फरक फरक खोपलाई मिसाउने कामलाई हेटेरोलोगस प्राइम बूस्ट भनिन्छ ।
अक्सफोर्ड एस्ट्राजेनेकाको भाइरल भेक्टर कोभिशील्ड र फाइजर बायोएनटेक एमआरएनएको खोप मिसाउन मिल्छ । यसले इम्युन सिस्टमलाई भाइरस चिन्न दुई तरिकाले ट्रेनिङ दिन्छ ।
मुसाहरूमा गरिएको अध्ययनमा खोप मिसाउँदा थप राम्रो इम्युन रेस्पोन्स ट्रिगर भएको पाइयो । तर मानिसमा ठूलो स्केलमा परीक्षण गरिएको छैन ।
अक्सफोर्ड भ्याक्सिन ग्रुपले गरेको ट्रायलमा पहिलो डोज फाइजर वा कोभिशील्ड दिइएको छ भने दोस्रो डोज मोडर्ना र नोभाभ्याक्स दिइएको छ । यस परीक्षणमा ५० वटा त्यसभन्दा बढी उमेरका ८०० मानिस सहभागी छन् ।
केही विज्ञहरूले दुईवटा खोप मिसाउँदा भाइरसका फरक फरक भागमा आक्रमण गर्ने र इम्युन सिस्टमलाई थप बलियो बनाउँछ । नयाँ भेरिएन्टबाट पनि यसले सुरक्षा दिन्छ ।
स्पेनमा ६०० भन्दा बढी मानिसमा एक अध्ययन गरिएको छ । लगभग ४०० जनालाई कोभिशील्डको डोज दिइयो । त्यसको आठ हप्तापछि अर्को डोज फाइजरको दिइयो । यसरी खोप दिइएका मानिसमा अरूमा भन्दा बढी एन्टीबडी बन्यो ।
खोप मिश्रणको परिणाम असरदार देखिएमा वितरणमा अहिले देखिएको समस्या पनि हल हुन्छ किनकि सबैथरी खोप एकैपटक भित्र्याउन मिल्छ ।