०१ असार २०८३, सोमबार

चितवनमा माओवादी कार्यकर्ता एमालेबाट असुरक्षित, प्रशासनसँग सुरक्षा माग

कात्तिक २०, २०७४
चितवनमा माओवादी कार्यकर्ता एमालेबाट असुरक्षित, प्रशासनसँग सुरक्षा माग

चितवन, २० जेठ– भरतपुर महानगरपालिकाको निर्वाचन र त्यस क्रममा देखिएका विवादको विषयलाई लिएर नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको भन्दै नेकपा माओवादी केन्द्रले स्थानीय प्रशासनसँग सुरक्षा माग गरेको छ ।

माओवादी केन्द्रको चितवन कमिटीले एक पत्र लेख्दै आफ्ना नेता तथा कार्यकर्ताको जिउ ज्यानको सुरक्षाको माग गरेको छ ।

माओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले नेता तथा कार्यकर्ताको जिउ ज्यानको माग गर्दै प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरीमा माओवादी केन्द्रका द्रोणबाबु सिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अन्जन कुमार तिमल्सिना, साजन अधिकारी, सुरज सिहं ठकुरी, उत्तम गुरङ, दिलीप पौडेल, बसन्त आचार्य लगायतका कार्यकर्ता र जिल्लामा रहेका अन्य नेतालाई समेत एमाले सम्बद्ध व्यक्तिले निरन्तर रुपमा धम्की दिएको उल्लेख गरिएको छ ।


एमालेको धम्मीका कारण आफ्ना कार्यकर्ताको दैनिक जीवन यापनमा असर पर्नुका साथै जिउ ज्यानको जोखिम भएको भन्दै माओवादीले धम्की दिने विरुद्ध कारवाही गरी आफूहरुको सुरक्षा गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्