२८ जेठ २०८३, बिहीबार

मायामा परेपछि के के गर्नपर्छ ? प्रेमिकालाई भेट्न दुलही बनेर पुगे यी युवक

भदौ ३, २०७८
मायामा परेपछि के के गर्नपर्छ ? प्रेमिकालाई भेट्न दुलही बनेर पुगे यी युवक

भारतको उत्तर प्रदेशको भदोही जिल्लामा रहेका एक युवक आफ्नी प्रेमिकालाई भेट्न दुलही बनेर गएको अनौठो घटना सार्वजनिक भएको छ । 
 

प्रेमिकाको परिवारका सदस्यलाई शंका लागेपछि युवकलाई समातेर घुम्टो उघारेर हेर्दा सबै कुरा छर्लंग भयो । यस्तो हुनेबित्तिकै घरबाहिर बाइकमा बसेका दुईजनाले युवकलाई समाते अनि फरार भए । 

ती युवक प्रेमिकालाई भेट्न रातो सारी लगाएर दुलहीको भेषमा पुगेको थियो । उसले काँधमा महिलाको पर्स झुण्ड्याएको थियो र पाउमा स्यान्डल लगाएको थियो । झट्ट हेर्दा ऊ बेहुली देखिन्थ्यो । 

कहाँबाट बेहुली घरमा आई भन्दै प्रेमिकाको परिवारका सदस्यले शंका गर्दै घुम्टो खोल्न लगाए । त्यसपछि युवक भाग्यो अनि उसलाई दौडेर अरूले समाते । सोधपुछका क्रममा युवकलाई दुईतीन थप्पड पनि हाने । 

घटनास्थलमा रहेका केही मानिसले यसको भिडियो पनि बनाए । 

सोधपुछ भइरहँदा घरबाहिर बाइक रोकेर बसेका दुईजनाले युवकलाई टिपे अनि चम्पत ठोके ।
 

salt training

कमेन्ट गर्नुहोस्