०१ असार २०८३, सोमबार
कोरोना अपडेट

थप ५ हजार ३१६ जनाको कोरोना पुष्टि, १०१ संक्रमितको मृत्यु

थप ५ हजार ३१६ जनाको कोरोना पुष्टि, १०१ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १६ हजार ८७८ जनाको परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ । कूल संक्रमितमध्ये ४ लाख ६१ हजार ५६३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार २१७ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । बुधवार देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

कोरोनाले थप १०१ संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ७ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्