२२ जेठ २०८३, शुक्रबार

ढिल्काले पुरिँदा चन्द्रागिरिमा २ जनाको मृत्यु

जेठ १९, २०७८
ढिल्काले पुरिँदा चन्द्रागिरिमा २ जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका­१३ स्थित कंकाली स्कूल नजिक ढिस्को खसेर पुरिँदा बुधवार २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ घर भई हाल सोही नगरपालिका बस्ने ३६ वर्षीयाकी सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने २० वर्षीय टेकबहादुर चेपाङ छन् । 

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । घाइते भएका अन्य २ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्