
ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका–८ मा रुखबाट लडेर बुधवार १ जनाको ज्यान गएको छ ।
घाँस झार्ने क्रममा पयु्ँको रुखबाट लडेर २७ वर्षीय एकबहादुर विश्वकर्माको मृत्यु भएको हो ।
घरनजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।