२७ असार २०८३, शनिबार

तराई–मधेशलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर : शेरबहादुर देउवा

तराई–मधेशलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई–मधेशलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको जनाएका छन् ।

‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेश क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समितिमार्फत विभिन्न मापदण्ड निर्धारण गर्दै ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको विज्ञप्तिमा स्मरण गरिएको छ ।

‘नेपाली कांग्रेस ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्