०७ असार २०८३, आइतबार

पर्सामा जेठ ३० गतेसम्म निषेधाज्ञा थप

जेठ १९, २०७८
पर्सामा जेठ ३० गतेसम्म निषेधाज्ञा थप

कोरोना संक्रमितको संख्या नियन्त्रण गर्न स्थानीय प्रशासन पर्साले जिल्लामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधवार बसेको बैठकले पर्सामा जारी जेठ २० गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई ३० गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको शृंखला तोड्न र फैलिरहेको संक्रमणलाई नियन्त्रण गर्दै संक्रमितको उचित उपचार तथा व्यवस्थापन गर्न १० दिनका लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक काम नभए घरमै बस्न जिल्लाबासीलाई अपिल गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवामा प्रयोग हुने र जिल्ला प्रशासन कायालयले अनुमति दिएका बाहेकका २ पांग्रेसहित सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्