३१ असार २०८३, बुधबार

नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

जेठ १९, २०७८
नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

लुम्बिनी प्रदेशसभा नेकपा(एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ । 

 प्रदेशसभाको आजदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए ।  

बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकमत भएको प्रमुख सचेतक ढकालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्