३१ जेठ २०८३, आइतबार

१३३ किलो थियो तौल, आईपीएसले ९ महिनामा घटाए ४३ किलो तौल, भाइरल भयो तस्वीर

जेठ २०, २०७८
१३३ किलो थियो तौल, आईपीएसले ९ महिनामा घटाए ४३ किलो तौल, भाइरल भयो तस्वीर

तपाईंको तौल कति छ ? र घटाउन के के गरिरहनुभएको छ ? वा तौल घटाउन नसकेर हैरान हुनुभएको छ ? 

यहाँ हामीले एक यस्तो व्यक्ति बारे चर्चा गर्दैछौं, जसले ९ महिनामा ४३ किलो तौल घटाएका छन् । 

भारतको मध्य प्रदेशका आईपीएस अफिसर विवेक राज सिंहले ९ महिनामा आफ्नो ४३ किलो तौल घटाएका छन् । 

अहिले उनको तौल ८७ किलो रहेको बताइएको छ । आजभन्दा ९ महिना पहिले उनको तौल १ सय ३० किलो थियो । 

उनले आफूले एक्सरसाइज शुरू गरेको भएपनि कति तौल घटाउने भन्ने बारे शुरूमा नसोचेको बताएका छन् ।

आजतकका अनुसार, उनी ८ कक्षामा हुँदा उनको तौल ८८ किलो थियो । जब नेशनल पुलिस एकेडेमीमा ट्रेनिङ लिए उनको तौल बढेर १ सय ३४ किलो पुगिसकेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्