०८ असार २०८३, सोमबार

एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमा अनलाईन भेरिफाई गर्न सकिने

एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमा अनलाईन भेरिफाई गर्न सकिने

एनआईसी एशिया बैंक लि.का ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ ।

यस अनलाईन सुविधा सँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएस मा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् । 

अनलाईन सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन रु २ लाख तथा प्रति महिना रु १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ ।

कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने हुन्छ ।

बैंक खाता लिन्क गरी अनलाईन सेल्फ भेरिफाई कसरी गर्ने ?

१.कनेक्ट आईपीएस मा“लिंक अकाउन्ट अप्सन भित्र आवश्यक विवरण दाखिला गरी खाता लिन्क गर्ने
२. “म्यानेज अकाउन्ट ”भित्र लिन्क गरिएको खातामा“सेल्फ भेरिफाई अकाउन्ट मा क्लिक गर्ने
३. रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी (अन टाइम पासवर्ड)  दाखिला गर्ने
४. अनलाईन लिन्क गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा सानो रकम दाखिला गरी प्रकृया पूरा गर्ने
५. अब लिन्क गरिएको खातामार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाईन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएस मा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने हुन्छ ।  सेल्फ भेरिफाई गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ ।
 

salt training

कमेन्ट गर्नुहोस्