२६ जेठ २०८३, मंगलबार

भारतमा कति छ पेट्रोल तथा डिजेलको मूल्य ?

जेठ २०, २०७८
भारतमा कति छ पेट्रोल तथा डिजेलको मूल्य ?

 भारतमा पेट्रोलको मूल्य स्थिर रहेको छ । 

मुलुकमा पेट्रोलको मूल्य लगातार स्थिर रहेको भारतीय आयल मार्केटिङ कम्पनीले जनाएको छ ।

भारतमा मंगलवार पेट्रोल २७ पैसा प्रतिलिटर र डिजल २३ पैसा प्रतिलिटर महँगो भएको थियो । यद्यपी बुधवार र बिहीवार भने पेट्रोल र डिजेलको मूल्य स्थिर छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईमा पेट्रोलको मूल्य १ सय भारतीय रुपैयाँ प्रति लिटर रहेको छ । यस बाहेक केही शहरहरूमा मूल्य योभन्दा बढी छ । 

पछिल्लो अपडेट अनुसार, दिल्लीमा पेट्रोलको मूल्य ९४.४९ रुपैयाँ प्रति लिटर रहेको छ । यस्तै डिजलको मूल्य ८५.३८ रुपैयाँ प्रति लिटर रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्