०२ असार २०८३, मंगलबार

नागरिकता विधेयकविरुद्ध मौलिक जरोकिलो पार्टी सर्वोच्चमा

नागरिकता विधेयकविरुद्ध मौलिक जरोकिलो पार्टी सर्वोच्चमा

मौलिक जरोकिलो पार्टीले सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशको विरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेको छ ।

संसदमा विचाराधीन रहेको नागरिकता सम्बन्धि विधेयक संसद विघटन भएको समयमा रातारात ल्याएको भन्दै उक्त रिट दायर गरिएको हो ।

नेपालको संविधान २०७२ को धारा ११४ को मर्म र भावना प्रतिकूल भई संविधानको प्रस्तावना,  प्रचलित मूल्य र मान्यताको समेत विपरित रहेको भन्दै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ विरुद्ध उत्प्रेषणयुक्त परमादेश जारी गर्न पार्टीका उपमहासचिव अधिवक्ता लक्ष्मण पोखरेलले रिट दायर गर्नुभएको हो । 

'राष्ट्रको अस्तित्वसँग जोडिएको नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयलाई सत्तावृत्तमा रहेका दलहरूले सत्ताको लेनदेनको विषय बनाएका छन् । यसको मौलिक जरोकिलो पार्टीले आवश्यक प्रतिवाद गर्नेछ । यो सुरुवात मात्रै हो, ' पार्टी अध्यक्ष सुशील गौतमले बताउनुभयो ।

वि. सं. २०७७ असार १४ गते प्रधानमन्त्री खड्गप्रसाद ओली तथा सभामुख अग्निप्रसाद सापकोटालाई राष्ट्रिय नागरिकता नीति बनाएर मात्रै नागरिकता दिने कानुन बनाउन ज्ञापनपत्र बुझाएको थियो । मौलिक जरोकिलो पार्टीले स्थापनाकालदेखि कडा व्यक्तिगत पात्रता परिक्षण गरेर मात्र नागरिकता प्रदान गर्ने 'राष्ट्रिय नागरिकता नीति' बनाउनुपर्ने मुद्दा उठाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्