३१ असार २०८३, बुधबार

सैनिक अधिकृतलाई संयुक्त राष्ट्रसंघका महासचिवले पठाए यस्तो पत्र

सैनिक अधिकृतलाई संयुक्त राष्ट्रसंघका महासचिवले पठाए यस्तो पत्र

नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौं डफ्फाका सह सेनानी विज्ञान विष्टलाई कदर स्वरुप संयुक्त राष्ट्रसंघका महासचिवबाट प्रशंसापत्र  प्राप्त भएको छ ।
गत माघ १० गते टेम्पोररी अपरेटिङ बेस नजिक दुई जातिका हतियारधारी समुहहरुबीच उत्पन्न जातिय हिंसात्मक झडपमानेपाली शान्ति सैनिक तत्काल तनावग्रस्त ईलाकामा परिचालन भई बफर जोनको रुपमा कार्य गरी ठुलो जनधनको क्षति हुनबाट जोगिएको थियो ।

जातिय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण उनलाई सो पत्र प्राप्त भएको नेपाली सेनाले बिहिबार जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्