०५ साउन २०८३, मंगलबार

सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आह्वानमा शुक्रवार सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दैछ । केही प्रशासनिक निर्णय गर्न भन्दै फुलकोर्ट बोलाइएको सर्वोच्च प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठनमा विबाद देखिएपछि सर्वोच्चको फुलकोर्ट बस्न लागेको हो । यसअघि मंगलवार संवैधानिक इजलासका दुइजना न्यायाधीशले यही संरचनाको इजलासमा नबस्ने घोषणा गरेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले २३ गते नयाँ इजलास गठन गर्ने र त्यसमा विबाद नगर्न आग्रह गरेका थिए । मंगलवार सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गर्ने बताएका थिए ।

आजको फुलकोर्टबाट संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन हुने अपेक्षा गरिएको छ । जेठ १४ गते सुरु भएको सुनुवाइ संवैधानिक इजलासमा बस्ने न्यायाधीशको विबादका कारण प्रभावित भएको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि जेठ २३ गते संवैधानिक इजलासको पेशी तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्