२७ असार २०८३, शनिबार

प्रदेश २ को सत्ता समीकरणका लागि कांग्रेस उपसभापति निधिलाई  भेट्दै उपेन्द्र यादव

जेठ २१, २०७८
प्रदेश २ को सत्ता समीकरणका लागि कांग्रेस उपसभापति निधिलाई  भेट्दै उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको सत्ता जोगाउनका लागि नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्तालाई तीब्र बनाएका छन्।

उपेन्द्र यादव निकट एक नेताले दिएको जानकारी अनुसार अहिले साढे ११ बजे नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट्न काठमाडौं स्थित निवासमा जाने कार्यक्रम तय भएको छ।

बिहीवार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गरेका यादवले आज निधिसँग भेट गर्न लागेका हुन् ।

२ नम्बर प्रदेशमा कांग्रेसले आफ्नो नेतृत्व दावी गरेको हुनाले त्यस सम्बन्धमा यादवले निधिलाई मनाउन खोजेका छन्।

विगत लामो वर्ष देखि यादव र निधि बीच  व्यक्तिगत भेट वार्ता भएको थिएन। त्यसकारण यादव र निधिको भेटलाई अर्थपूर्ण मानिएको छ ।

विगतमा कम्युनिष्ट पार्टीसँग निकटता बनाएका उपेन्द्रले निधिसँग भेटेर केन्द्रीय गठबन्धन अनुसार २ नम्बर प्रदेशमा पनि सहयात्रा कायम राख्न अनुरोध गर्ने बताइएको छ।

तर, त्यहाँ उपेन्द्रको पार्टीका लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्दा पनि कांग्रेसले नै नेतृत्वको माग दावी  कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले गरे पछि यादवले निधिलाई भेट्न खोजेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्