
नेपाली बजारमा निरन्तर बढेको सुनचाँदीको मूल्य शुक्रवार घटेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार ३ सय ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।