१८ असार २०८३, बिहीबार

भारतमा कोरोनाको नयाँ खोप बनाइँदै, भारत सरकारले किन्यो ३० करोड डोज

जेठ २१, २०७८
भारतमा कोरोनाको नयाँ खोप बनाइँदै, भारत सरकारले किन्यो ३० करोड डोज

भारतमा कोरोनाभाइरसको दोस्रो लहरले त्राहित्राहि मच्चाइरहेको बेलामा तेस्रो लहरको खतरा पनि छ ।

तेस्रो लहरलाई खोपमार्फत रोक्न सकिने वैज्ञानिकहरू बताउँछन् । तर देशमा खोपको कमी छ । 

कमी हटाउनका लागि भारत सरकारले नयाँ बन्दै गरेको खोपको ३० करोड डोज बूक गरेको छ । 

भारतको फर्मा कम्पनी बायोलोजिकल ईले कोर्बेभ्याक्स नामक खोप बनाइरहेको छ । त्यसको ३० करोड डोज बूक गर्नका लागि १५ सय करोड भारु छुट्ट्याइएको छ । नियामक संस्थाको स्वीकृति नपाइकनै भारतका तर्फबाट डोज बूकिङ गराइएको कोर्बेभ्याक्स पहिलो खोप हो । 

दुईवटा डोज लिनुपर्ने कोर्बेभ्याक्स भारतमा उपलब्ध सबभन्दा सस्तो कोरोना खोपमध्ये एक हुनेछ । यसको उत्पादन पनि सहज हुने बताइएको छ । 

यस खोपले पुनः संयोजक प्रोटीन प्ल्याटफर्म उपयोग गर्नेछ र त्यसको उपयोग भारतमा भएका अन्य खोपले गरेका छैनन् । 

पुनः संयोजक प्रोटीन खोपबाट सार्स–कोभ–२ को विशिष्ट भागलाई तारो बनाउने लक्ष्य छ । यसले शरीरमा प्रतिरक्षा प्रतिक्रिया गराउन सहायता गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्