
नागरिकता अध्यादेशविरुद्धका रिटमा सुनुवाइ गर्नका लागि सर्वोच्च अदालतले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेको छ ।
नागरिकता विधेयकविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास बनेको हो ।
इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य छन् ।
हरिकृष्ण कार्कीपछि पाँचौ वरियतामा विश्वम्भरप्रसाद श्रेष्ठ छन्, तर छैठौं नम्बरका खतिवडालाई समेटिएको छ ।
नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले छुट्टा–छुट्टै ६ वटा रिट दायर गरेका छन् ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता अध्यादेश जारी गरेकी थिइन् ।
शुक्रवार नै प्रधानन्यायाधीश जबराले सबै न्यायाधीशहरूको बैठक –फूलकोर्ट) बोलाएका छन् । फूलकोर्टले केही प्रशासनिक निर्णय गर्ने सर्वोच्च प्रशासनले जानकारी दियो ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि आइतवार संवैधानिक इजलासको पेशी तोकिएको छ ।