×

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई भेन्टिलेटर सहयोग

जेठ २१, २०७८

विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला अस्पताल धुन्चे र जीवजीवे ग्रामीण अस्पताललाई दुई–दुई थान मिनी भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।


Advertisment

उनले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान सहित अक्सिमिटर ३० थान, आधुनिक शयया पाँच वटा र सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई विहिबार हस्तान्तरण गरे। ती सामग्री रु.१६ लाख मूल्य बराबरको रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।


Advertisment

नेता आचार्यले महामारीबढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि रसुवाबाट बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त गर्न सहयोग पुग्ने विश्वास लिएको बताए । “रसुवाका स्थानीयतहका अध्यक्षहरुसंग समन्वय गरेर मागअनुसारको सामाग्री उपलब्ध गराएको हो”, उनले भने , “माग र आवश्यकता अनुसार अक्सिमिटर लगायतको सामाग्री जिल्ला सङ्कट व्यवस्थापन केन्द्र मार्फत वितरण गर्न भनेका छौ ।”

नेता आचार्यले बिहीबार नै त्रिशूली अस्पताल नुवाकोटलाई दुई थान मिनि–भेन्टिलेटर सहित एकथान आइसियुमा प्रयोग हुने सामाग्री (एभिजी) सहितको स्वास्थ्य सामग्री अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गरे । उक्त सामाग्रिको मूल्य रु.१६ लाख बराबरको छ ।  

उनले चालु आर्थिक वर्षमा त्रिशूली अस्पताललाई ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को रु.४६ लाख समेत सहयोग उपलब्ध गराएका थिए । रसुवा र नुवाकोटका बिरामीको उपचार सेवा प्रभावकारी बनाउन सरकारी मात्रै नभई व्यक्तिगत लगानीमा उहाँ मार्फत एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्यबीमा कार्यक्रम, स्वास्थ्य सामाग्री लगायतको सहयोग निरन्तर हुदै आइरहेको छ । 
 

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x