थारु भाषाको छोटो चलचित्र 'निपुत्र' सार्वजनिक भएको छ।
राजु राजदेव चौधरीले निर्देशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक नि:सन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।
सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडी आलम,आकाश बिक, आरके पाण्डे,सोभाकान्त चौधरी लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेव चौधरीको कथा ,कोपि कान्छुको मेकअप ,अनिल शाहको छायांकन,निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ।
सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले नि:सन्तान महिलालाई हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ। चलचित्रका अन्य २ पार्टहरु क्रमश: रिलिज हुने निर्माण पक्ष बताउँछ।